काठमाडौं, ३० असोज ।। गैरआवासीय नेपालीहरूको विश्व सम्मेलन आजदेखि सुरू हुँदैछ । एघारौं अन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो विश्व ज्ञान सम्मेलन असोज ३० गतेदेखि कात्तिक ३ गतेसम्म हुनेछ । यसको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नेछन् । अधिवेशनमा अनलाइन भोटिङमार्फत संसारको जुनसुकै स्थानमा बसेर सजिलै मतदानमा भाग लिन सकिनेछ । इतिहासमै पहिलोपटक फेसियल भेरिफिकेशनमार्फत अनलाइन भोटिङ हुन लागेको हो ।

निर्वाचनमा ५९ देशमा ४ हजार २ सय २७ जना महाधिवेशन प्रतिनिधिले भाग लिँदैछन् । ‘नेपालीका लागि नेपाली’ भन्ने मूल नारा तथा ज्ञान र रूपान्तरण समृद्धिको आधार विषयमा सम्मेलन केन्द्रित रहने एनआरएनए प्रवक्ता सोम सापकोटाले बताए । त्यसपछि विश्व ज्ञान सम्मेलन, युवा सम्मेलन र महिला सम्मेलन हुनेछ ।

कात्तिक २ गते संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम राखिएको छ। संघको ११ औं अन्तर्राष्ट्रिय महाधिवेशन गर्दै सम्मेलन सकिनेछ। कार्यक्रमको समापन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here