एजेन्सी, ३० असोज ।। अमेरिकी राष्ट्रपति जो बाइडेनले भोलि इजरायलको भ्रमण गर्नुहुने भएको छ । राष्ट्रपति बाइडेनले कोलोराडो भ्रमणको योजना रद्द गरेर इजरायल जान लाग्नुभएको अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

प्यालेस्टिनको विद्रोही समूह हमासले गरेको आक्रमणपछि इजरायलले गरिरहेको जवाफी आक्रमण र अबको योजनाबारेमा जानकारी लिन उहाँ इजरायल जान लाग्नुभएको हो । उहाँले गाजामा मानवीय सहायताको अवस्थाबारेमा पनि जानकारी लिने कार्यक्रम छ ।

यस्तै, बाइडेन इजरायल भ्रमणपछि मध्यपर्व सुरक्षाको बारेमा छलफल गर्न जाेर्डन जाने कार्यक्रम छ । इजरायली सेनाले गाजामा रकेट आक्रमण गरिरहेको छ । यस्तै, हमासले पनि सीमा क्षेत्रसहित इजरायलको राजधानी तेल अभिभमा रकेट प्रहार गरिरहेको छ । अहिले गाजा क्षेत्रको जनजीवन अस्तव्यस्त रहेको छ ।

इजरायलले रोकेको पानी, औषधि र खाद्यान्नको आपूर्ति पुनः खुल्ला गरे पनि सहज भएको छैन । गाजाका १० लाखभन्दा धेरै मानस विस्थापित भएका छन् । उत्तरी गाजाका प्राय: भवनहरु भत्किएका छन् । १० दिनदेखि चलिरहेको युद्धमा दुवै तर्फका गरी ४ हजार १ सय ५० जनाभन्दा धेरै मारिएका छन् ।

यस्तै, गाजामा भत्किएका भवनमा एक हजार जनाभन्दा धेरै मानिस पुरिएका बीबीसीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here