सर्लाही ०५ भदौ ।। सर्लाहीमा एक जना एकल महिला लाई ठगि गर्ने फरार भएका छन् । जिल्लाको धनकौल गांऊपालिका २ बस्ने राम अधार राय यादव ले ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका ५ मानभवन बस्ने अ. ८५ बर्षिय एकल महिला श्याम सकल राणा काहा पुगि तपाईको श्री मानको नाम मा मधेस सर्लाही मा जग्गा जमिन छ ।

सो जग्गा जमिन तपाईको नाम मा गराउन ततकाल ५० हजार खर्च लाग्छ । म एमालेको नेता मेरो पहुच मधेसमा ठुलो छ भनि झुुकियाई ललाई फकाई गरी ल्याई दुबै हातको औंलाको छाप सादा नेपाली कागज मा गराई राखि ।

एकल महिला श्याम सकल राणको करोडौं पर्ने घर जग्गा हडपने मान्सिक्ता बनाई पैसा पावरको आडमा अदालत समेतमा मुद्दा गरी एकल महिला लाई उठि बास लगाएको एकल महिलाको भनाई रहेको छ ।

रुदै गुहार माग्दै जिल्ला प्रशासन कार्यालयमा पुगि ठगि गर्ने राम अधार राय यादव माथि उजुरी दर्खास्त दिए पछि जिल्ला प्रशासन कार्यालय बाट पटकपटक उपस्थितिको पत्र काटदा समेत ठगि गर्ने राम अधार राय यादव उपस्थिति नभई फरार रहेको जिल्ला प्रशासन कार्यालय सर्लाही को पत्र बाट देखिन्छ ।

यादव सैंकडो मानिस लाई झुठो प्रलोभन दिई ठगि गरेेको जिल्लामै चर्चा को बिषय बनेको छ । स्थानीय निर्वाचन मा नेकपा एमाले बाट धनकौल गाउँ पालिका २ मा वडा अध्यक्ष पदमा उमेदवारी दिई जम्मा ६ मत हासिल गरेको तथ्यांक बाट देखिन्छ ।

अ.८५ बर्षिय एकल महिला न्यायको लागि रुदै गुहार माग्दै भौतारिदै छिन । पावर पैसाको भरमा ठगि गर्ने राम अधार राय यादव मौज मस्ति गरिदै छ भनि स्थानीय बासिहरुले हरपल तेज खबर लाई जानकारी गराएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here