महोतरी ६ चैत ।। महोतरीको मटिहानी नगरपालिका–७ स्थित पोखरीमा पौडी खेल्नेक्रमा एक युवकको डुवेर मृत्यु भएको छ । मृत्युहुनेमा  मुखियापट्टी मुसरनियाँ गाउँपालिका–३ का १८ वर्षीय सुमन ठाकुर छन् । सो पोखरीमा तीन युवक पौडी खेल्न गएका जनाइएको छ । स्थानीयवासीले पानीमा डुबेका ती युवालाई जिवितै उद्धार गरे थिए । उचारका क्रममा लैजादै गर्दा ठाकुरको मृत्यु भएको जनाइएको छ ।

यसैबीच महोत्तरी गाउँपालिका–५ गौरीगामा गाउँमा पोखरीमा डुबेर बेहोस भएका एक युवकको गए राति उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षीय राकेश पासवान रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

होली खेलेर शनिवार साँझ  गाउँमै रहेको पोखरीमा नुहाउन गएका युवक राकेश पौडी खेल्ने क्रममा पोखरीमै बेहोस भएपछि स्थानीयवासीले उद्धार गरेर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको थिए ।

                                                                                                                      रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here