बारा ०९ असार ।। बारा प्रहरीले पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक किशोरलाई पक्राउ गरेको छ । प्रहरीले बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ चकरीका १८ वर्षीय एक किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।

बालिकाको घरमा कोही नभएको अवस्थामा ललाई फकाई किशोरले जंगलमा लगेर जबरजस्ती करणी गरेको आरोप छ । यस सम्बन्धमा खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको टोलीले उनलाई बुधबार राति पक्राउ गरेको हो ।

यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here