रौतहट २७ भादौ ।। रौतहट जिल्लाको सदरमुकाम गौरमा “कानून निर्माणमा संघीय संसदकाे योगदान” : चूनैति अन्तरक्रिया कार्यक्रम गरीएको छ । आज नेपाल कानून समाजको आयोजना र प्रतिनिधि सभा सदस्य माननीय डा. अमरेश कुमार सिंहको अध्यक्षतामा गौरको सिया पैलेशमा कार्यक्रम गरीएको छ ।

नेपालको ऐन कानून बनाउन चुनावी प्रक्रिया बाट जनता द्वरा चुनिएको संघीय संसदहरुले ५ वर्षको अवधिमा कुल १५२ विधेयक बनाई सरकार समक्ष पेश गरेका छन् । जसमध्ये ५ वर्षको अवधिमा ९० वटा विध्येक पारित भएका छन् । बाँकी ५५ वटा विध्येक विचाराधिन अवस्थामा रहेको छ ।

कार्यक्रममा सहभागीहरुले आफ्नो प्रतिक्रिया राख्दै भने नेपालमा निर्माण भएको संविधानको विभिन्न ऐन विध्येक त्रुटिपूर्ण रहेको र केहि ऐन विध्येक को संसोधन अति आवश्यक रहेको बताए । अहिलेको समयमा नागरिकता, जबर्दस्ती कर्णी, चुनावी प्रक्रिया, किसानहरु वारे को जस्ता आमजनता संग प्रत्यक्ष जोड्ने ऐन विध्येकहरु संसोधनमा जोड दिएका थिए ।

कार्यक्रममा मन्तब्य राख्दै प्रतिनिधि सभा सदस्य माननीय अनिल कुमार झाले सत्ताधारी पार्टीले हामी संग कम बहुमत भएका कारण सौतेला व्यवहार गर्ने गर्छ । जुन पार्टीका सरकार हुन्छ त्यो पार्टीका सासंदहरुले उठाएको कुराहरुमा सरकार बढी गम्भीर हुने र जुन पार्टीको बहुमत कम हुन्छ त्यो पार्टीका सासंदहरुले उठाएको कुरामा सौतेला व्यवहार हुन्छ भने बताएका छन ।

कार्यक्रम लाई अधिवक्ता तथा नागरिक संवाद केंद्र जनकपुर का प्रमुख रेखा कुमारी ले स्वागत तथा संचालन गरेका थिईन । अनिल खनाल अधिवक्ताले कार्यक्रमको विषय वस्तु लाई प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अधिवक्ता, नागरिक समाजका अगुवा, संचारकर्मी, समाजसेवी, विभिन्न पार्टीका पार्टी प्रतिनिधि लगायत वुद्धजिवीहरुको उपस्थित रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here