रौतहट २९ भादौ ।। रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाको छैठौं नगरसभा सभ्य एवम् भव्य रुपमा सम्पन्न भएको छ । नयाँ आर्थिकवर्षको असार १० गते बजेट ल्याउनु पर्ने कानूनी ब्यवस्था भएपनी नगर प्रमुख गोपाल यादव अख्तियारको मुद्दामा निलम्बन भएको कारणले बजेट प्रस्तुत गर्नमा ढिलो भई आज आयोजित कार्यक्रमको बिच छैठौ नगरसभा ले आज ४९ करोड भन्दा बढी बजेट विनियोजन प्रस्तुत गरेकाे हो ।

चालु आर्थिक वर्ष २०७९/८० का लागि ४९ करोड ४९ लाख ९९ हजार रुपैयाँकाे बजेट बिनियोजन गरिएकाे प्रमुख प्रशासकिय अधिकृत शम्भु प्रसाद यादवले बजेट प्रस्तुतमा रहेको बताएका छन ।

सो कार्यक्रममा यसप्रकारका बजेट विनियोजन भएको छ
नगरसभाले शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, यातायात, खानेपानी तथा सरसफाइर्, विधुत, भौतिक पुर्वाधार निर्माण , पर्यटन तथा संस्कृति, लाई विशेष प्राथमिकतामा राखेको छ । नगरपालिकाकाे संघिय वितिय समानीकरण अनुदान १२ कराेड ७९ लाख,प्रदेश वितिय समानीकरण अनुदान ९० लाख ६७ हजार,संघिय राजश्व बाँडफाँड १० कराेड २ लाख ३२ हजार,प्रदेश राजश्व बाँडफाँड ३५ लाख ,संघिय सशर्त अनुदान २१ कराेड ८३ लाख, आय तर्फ देखाएको छ। त्यसैगरी प्रदेश सशर्त अनुदान ८० लाख,प्रदेश सम्पूरक अनुदान २० लाख,प्रदेश विशेष अनुदान ३० लाख,आन्तरिक आय १ कराेड ६५ लाख,मालपोत बाँडफाँड बाट प्राप्त ६५ लाख गरि कुल ४९ कराेड ४९ लाख ९९ हजार बजेटकाे आयकाे प्रक्षेपण गरिएको छ ।

नगरसभामा प्रमुख अतिथी बयोबृद्व बाबुराम अधिकारी,फतुवा बिजयपुरका उप प्रमुख अम्बेया खातुन, वडा २ को अध्यक्ष अनिरुद्ध यादव उर्फ संजय, वडा नं ३ वडाअध्यक्ष राकेश कुमार यादव (पप्पु) त्यस्तै बिभिन्न वाडाध्यक्ष ,सतिस यादव ,रामएकवाल यादव ,मंजय चौधरि , लगायतका बक्ताहरुले नगरपालिकाले प्रस्तुति गरेको बजेट जनमुखी रहेको दाबी गरेका थिए ।

फतुवा बिजयपुरका मेयर गोपाल प्रसाद यादव अख्तियारको मुद्दामा परेर हालसम्म निलम्बित रहेकाले नगरसभामा उनी संगै, लेखपाल नविन यादव लगायत, संचारकर्मी, सुरक्षाकर्मी, समाजसेवी, बुध्जिवी सहित अन्य नेताहरूको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here