सर्लाही ०२ फागुन ।। सर्लाहीमा आगोमा जलेर एक वृद्धको ज्यान गएको छ । बागमती नगरपालिका ८, शंकपुरका ६६ वर्षीय रामआशिष साहको आगोमा जलेर सोमबार बिहान मृत्यु भएको हो । आफ्नै घरको आगनमा आगोले जलिरहेका अवस्थामा साहलाई छिमेकीले तत्कालै उद्धार गरेका थिए ।

उद्धार गरे पस्चात उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । साह परिवार घरका केही सदस्यसहित आइतबार राति घरमै सुतेका थिए । मृतक साहको केही समय पहिलेदेखि शरीरको एउटा साइड प्यारालाइसिस रहेको परिवारको भनाइ छ ।

घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख डिएसपी उमाशंकरप्रसाद यादवले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here