महोत्तरी १३ असार ।। महोत्तरीमा रहेको देशको जेठो गुरुकुलको रुपमा राजकीय सँस्कृत माध्यमिक विद्यालय मटिहानीको जीर्णोद्धार थालिएको छ । यो गुरुकुल मधेश प्रदेशस्थित मटिहानीमा अवस्थित छ ।

३०४ वर्ष प्राचीन गुरुकूल देशकै जेठो शैक्षिक धरोहर हो । तर, यसको संरक्षण, सम्वर्द्धन र विकास ओझेलमा थियो । कालान्तरमा गुरुकुलले बालगुरु षडानन्दजस्ता थुप्रै ‘लाल’ जन्माएका थिए । २०७८ साउन ९ मा अन्नपूर्ण पोष्ट्ले गुरुकूलबारे विशेष खोज रिपोर्ट प्रकाशित गरेको थियो। त्यसपछि राज्यस्तरबाटै चासो जागेको थियो ।

अहिले गुरुकुलको संरचाना मर्मत सम्भार धमाधम भइइरहेको छ भने नयाँ संरचनाहरु ठडिदै छ । मधेश प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयको सहयोगमा गुरुकूलको प्राचीन संरचनाको मर्मतसम्भार थालिएको छ । त्यसका लागि ५० लाख बजेट दिइएको छ । ढल्नै लागेको संरचना मर्मत सम्भारका कामदार खटिएका छन् ।

गरुकुलको जीर्णोद्धार सुरु भएसँगै विद्यालय परिवारमा खुसीयाली छाएको छ। विद्यालयका प्रधानाध्यापक ईश्वरी प्रसाद पौडे्लका अनुसार गुरुकुलको प्रांगणमा रहेको एक सय वर्ष बढी पुरानो प्राचीन धरोहर भवनको जीर्णोद्धारको काम सुरु भएको छ ।

‘ओझेलमा परेको गुरुकूल बारेमा मिडियोदेखि राष्ट्रप्रमुखले गुरुकूलको भ्रमण गर्नुभयो । सबैतिरबाट सद्भाव, चासो र चिन्ता जाहेर भयो। यसले गर्दा गुरुकूलले मुहार पर्ने अवसर पाएको छ,’ खुसी हुँदै उनले भने, ‘संरचनाको पुरानैशैलीमा मर्मत सम्भार गरिहेका छौं ।

मधेस प्रदेश सरकारले विद्यालयलाई सँस्कृत विषयको अन्तर्राष्ट्रियस्तरको अध्ययन तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्न नीति लिएको छ । उसले आर्थिक वर्ष २०७९(८० को बजेटमा त्यसका लागि पहिलो चरणमा २ करोड बजेट विनियोजन गरेको छ ।

सिद्ध सन्त तस्मैया बाबाका शिष्य जयकृष्ण दासले बि।सं। १७७५ मा महिटानीमा गुरुकूलको स्थापना गरेका थिए । याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ मटिहानीका सहप्राध्यापक तथा अध्यता धु्रव राय भन्छन्, ‘उहाँ ९जयकृष्ण दास० आफैँ सँस्कृतका महावैयाकरण हुनुहुन्थ्यो । उहाँले नै आजभन्दा ३०४ वर्ष पहिले वि।सं।१७७५ सालमा सँस्कृत पाठशालाको नामबाट गुरुकूलको स्थापना गर्नुभएको थियो ।

जहाँबाट उनले आफ्ना शिष्यलाई स्वतन्त्र रूपमा पाणिनी व्याकरणको अध्यापन प्रारम्भ गरेको उनले बताए ।

जयकृष्ण दासका शिष्य वनमाली दास पनि वैयाकरण ज्ञाता थिए। उनले पनि गुरुकूलको सम्बर्द्धनमा तदारुकता देखाए । वनमालीका शिष्य रामरक्षा दास महन्थ भएपछि गुरुकुलमा व्याकरण विषयका साथै वेदको पनि अध्ययन(अध्यापन प्रारम्भ गराएका थिए । जुन गुरुकूल अहिलेसम्म अस्तित्वमा छ ।

गुरुकुलको भौतिक संरचना निर्माणमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले बजेट दिएको छ । चार कोठे पक्की भवन निर्माणका लाग ३६ लाख बजेट दिएको छ । भवन निर्माणको काम भइरहेको छ । त्यसैगरी प्रदेश सरकारकै समाजिक विकास मन्त्रालयअन्तगर्तको शिक्षा समन्वय इकाइको २० लाखको सहयोगमा हल निर्माण गरिएको छ ।

राज्यस्तरबाटै चासो जागेकोले गुरुकुलले छिट्टै मुहार फर्ने मटिहानी नगरपालिका मेयर हरिप्रसाद मण्डलले बताए । ‘ओझेलमा परिरहेको राष्ट्रको शैक्षिक धरोहर बारे सञ्चार माध्यमले राष्ट्रस्तरमा उजार गर्‍यो । हामीले गुरुकूलको संरक्षण, सम्वर्द्धन र विकासबारे प्रदेश र संघीय सरकारसँग समन्वय गर्‍यौं,’ मेयर मण्डल भन्छन्, ‘अहिले सबैको चासो जागेको छ। अब गुरुकुलले आउँदा दिनमा अझै धेरै मुहार फेर्दै जानेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here