सर्लाही २८ माघ ।। सर्लाहीमा पिउने पानी फ्याक्ट्रीमा आगलगी हुँदा लाखौँको क्षति भएको छ । बिहिवार राति सर्लाहीको हरिपुर नगरपालिका–९ पिडारी स्थित रहेको रामबाबु साहको राजश्री प्रोडक्सन पानी फ्याक्ट्रीमा बिधुतको तार सर्ट भई आगलागि २३ लाख ३० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीषक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

आगलगीमा ३ वटा मेशिन र नगद ३ लाख ३० हजार जलेर नष्ट भएको छ । आगलगीमा भने मानविय क्षति नभएको र आगो स्थानीय र प्रहरीको संयुक्त सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here