महोत्तरी २५ असार ।। महोत्तरीमा यात्रुबाहक बस र कन्टेनर ठोक्किँदा १७ जना घाइते भएका छन् । जस मध्ये कन्टेनरचालकको अवस्था गम्भीर छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दिबास नगरपालिका ४ स्थित जंगलमा गौशालाबाट जनकपुरतर्फ आउँदै गरेको बा ३ ख २३९६ नम्बरको यात्रुबाहक बस र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको गरेको बा ३ ख १९२५ नम्बरको कन्टेनर ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटना हुदा ५ महिलासहित १७ जना घाइते भएका छन् । कन्टेनर चालक काभ्रेको पांचखाल नगरपालिका ६ का ३७ वर्षिय कन्टेनर चालक चन्द्र कुमार श्रेष्ठको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

उनलाई बर्दिबासमा प्राथमिक उपचार पछि थप उपचारको लागि काठमाण्डौस्थित ट्रमा सेन्टर रेफर गरिएको ईलाका प्रहरी बर्दिवासका डिएसपी रवि रावलले जानकारी दिए । दुर्घटनामा धनुषाको नगराइन नगरपालिका ९ वस्ने ५० वर्षिय बस चालक नित्यानन्द र गौशाला १ का ४२ वर्षिय बस सहचालक कमान बराईली घाइते भएका छन् ।

घाइते हुनेमा एकै परिवारका तीनजना समेत रहेका छन् । जनकपुरधामका २२ वर्षिया निहा पजियार,उनकी २ वर्षिया छोरी र ३१ वर्षिय श्रीमान सरोज परियार छन् ।

त्यस्तै बर्दिवास १४ का ३६ वर्षिय संजय मण्डल र लोहरपट्टी ७ का ८२ वर्षिय शुकर महतो, गौशाला नगरपालिका १ का ७५ वर्षीय पुरन महतो र उनकी ७० बर्षिया श्रीमती महिन देवी, वडा नं ४ की ३५ वर्षिया नगिना देवी, ४२ वर्षीय जुगल महतो, ५५ वर्षीय रामअशिष साह, ३७ वर्षीय वीरेन्द्र साह र ५७ वर्षिया धनमन्ती देवी घाइते भएको प्रहरीले जनाएको छ ।

त्यस्तै वडा नं ६ का ६६ वर्षिय राजेन्द्र महतो र २९ का सुरेन्द्र चौधरी पनि घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको बर्दिवास स्थित शुभ स्वास्तिक अस्पताल र जनसेवा असपतालमा उपचार चलिरहेको छ। उनीहरुको अवस्था मध्यम र सामान्य रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here