रौतहट २३ माघ ।। रौतहटमा विगत २३ वर्ष देखि निशुल्क शिक्षा चलिदै आरहेको पाइएको छ।वि.सं.२०५६ साल देखि शिक्षा क्षेत्रमा सबैको पहुच सम्मानजनक हुनुपर्ने उदेश्य साथ शिक्षक निरज साहले निमुखा ,गरिब ,दलित,असहाय ,पढाउन नसक्ने घरपरिवारका बालबालिकाहरुलाई अनवरत रुपमा निशुल्क शिक्षा प्रदान गर्दै आइरहेका छन् ।

दुई दशक देखि रौतहटको सदरमुकाम गौर स्थित रहेको गौर राइस मिल भवनको टुटेफुटे नांगै बराण्डामा स्कुल बाहिर रहेका दलित गरिब मजदुर ,असहायका बालबालिकाहरुलाई विहान र दिउसोको समयमा निशुल्क ट्युसन पढाइ रहेको स्थानमा माघ २१ गते शनिबारका दिन शिक्षक तथा पत्रकारहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको थियो।सो सम्मान कार्यक्रम समाजसेवी शिक्षक निरज साहले आयोजन गरेको थियो।
सम्मान कार्यक्रमको प्रमुख अतिथी न्यु दियालो युथ क्लबका अध्यक्ष बिक्रम यादव रहेका थिए भने १५०जना बालबालिकाहरुलाई शैक्षिक स्टेशनरी लगायतका समाग्री आयोजक निरज साहलाई हस्तान्तरण गरेका थिए।२३ वर्षको अन्त्रालमा निशुल्क शिक्षा अभियानलाई निरंतरता दिन स्टेशनरी हस्तान्तरणको प्रारम्भ न्यु दियालो युथ क्लबका टिमले गरीसके, विशिष्ट अतिथीको आसनबाट नेपाल पत्रकार महासंघ रौतहट शाखा अध्यक्ष प्रेम चन्द्र झाले भने अभियानलाई निरन्तरता दिन न्यु दियालो युथ क्लबले आट गरेर सहयोगको थालनी गरिसके अब हामी इट्टा थप्ने कार्यमा लाग्नुपर्ने उनले बताए ।

रौतहटको ऐतिहासिक मैदान भने गौर राइस मिल मैदान देशमा प्रसिद्ध नै छ त्यसमा पनि श्रिङ्गार्ने काम शिक्षक निरज साहले निशुल्क ट्युसन पढाएर गरेको छ।निशुल्क शिक्षा अभियानलाई कसरी व्यवस्थित गर्न सकिन्छ ।हाम्रो गौरव आनवान सान बढाउन सबैले सामुहिक रुपमा सहयोग गर्नुपर्ने तर्क अध्यक्ष झाले गरे ।

´बिना ढेउवा`को रौतहटमा निशुल्क ट्युसन चलिरहेको सानको विषय हो जुन विगत २३ वर्ष देखि निरन्तर चलिरहेको छ यसलाई दिगोपना अवस्था रहिरहन सबैले सहयोग गर्नुपर्नेलगायत विषयमा जोड अध्यक्ष झाले दिएका थिए ।


रौतहटको सदरमुकाम गौरमा एक ठाउँमा मात्र निशुल्क शिक्षा प्रदान गरिने शिक्षक निरज साह नै हो पहिचान दिलाउनै पर्छ,राष्ट्रिय स्तरमा पहिचानले यो निशुल्क शिक्षा अभियानबाट भोलीका दिनमा देशकै ठूलो पुरस्कार पाउन राम्रो सहयोग पुग्नेछ कि व्यक्तिगतले हामी जति चाहे भने यस्तो मुकाम पुग्नसक्दैन तर निरज साहलाई सहयोग गरेर यस्तो कार्यमा सामुहिक रुपमा सबैले बल पुर्याउनु नै पर्छ । पछि त्यो मुकाम राम्रो अवसर पाउनु हन्छ । ज्ञानको ज्योती बाढ्ने (फैलाउने) ,शिक्षा दिने अभियान भन्दा धन ठूलो छैन । धन भन्दा विद्या ठूलो हुन्छ,शिक्षा सधैं काम लाग्ने ,जिवनको हरेक मोडमा काम लाग्ने,धन आज छ भोलि छैन काम पनि लाग्दैन तर विद्या यस्तो धन हो जुन संसारमा जहाँ पनि काम लाग्ने गर्छन् ।यस्तो आर्जन गरेको सबभन्दा बढी महंगो धनको रुपमा विद्या हो समाजसेवी शिक्षक निरज साहले जुन विना ढेउवाको दिइरहेका छन् । निरज सरलाई सम्मान गर्नुपर्ने नै हुन्छ । २०५६ सालको भौतिक अवस्था अहिलेको अवस्था बराबर छ साथै त्यो बेलाको गरिबी अवस्था अहिलेको देश परिवर्तन भएपछि लुगाकपडा अलि बालबालिकाहरुले अलिकति बढी लगाएका छन् तर अहिले अधिकांश बच्चाहरुले चप्पल जुता लगाएका देखिन्छ भने २०५६ सालमा यतिको पनि थिएन ।

निशुल्क शिक्षा प्रदान गरिदै आइरहेको शिक्षक निरज साहले आफू सकभर शैक्षिक समाग्री दिई बालबालिकाहरुलाई ट्युसन पढाइरहेको अवस्था सेम नै रहेको अध्यक्ष प्रेम चन्द्र झाले जानकारी गराएका थिए ।असहाय ,गरिब ,निमुखा,दलित घरपरिवारका बालबालिकाहरुलाई नांगै खुट्टा र जाडोयाममा शरीर न्यानो कपडा रहित पढ्न बाध्य देखिएको छ ।
अझै छ तर भरपुर पनि छैन,बालबालिकाहरु बोरामा कपी किताब लिएर आउदै बाटोमै चिप्लिएर खस्न पनि सकेन होला।कुनै कुनै बालबालिका फरक फरक स्कुलमा पढ्ने गरेको होला समस्या पनि हो।बच्चाको भनाई जब सम्म निरज सरलाई मजबुत पार्दैनौ तब निशुल्क शिक्षा अभियान निरंतरता दिलाउन सकिदैन ।

निशुल्क शिक्षा हासिल गर्न चाहेका बालबालिकाहरुको बस्ने व्यवस्थित ठाउँ ,पुस्तक राख्ने साथै बोरा अटने झोला दिएर सहयोग दिन सकिन्छ जुन किताब बोरामा राखेर ल्याउदा बाटैमा कहिये चिप्लिएर खस्ने अवस्था पनि आउन सक्छ सो झन्झटिलोको साटो झोलाको व्यवस्थामा लाग्नु पर्ने जोड दिएका थिए।
भाइबहिनीहरु समान्य निम्न वर्गका छन् ,बिहान आउदा एक कप दूध,चिया ,विसकुट दिएर व्यस्थित गर्न सकिन्छ।भाइबहिनीहरुको उज्वल भविष्यको कामना सहित निशुल्क शिक्षा ग्रहण निरन्तर चलिरहोस अध्यक्ष झाले भने ।

कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट श्री बालमन्दिर आधारभुत विद्यालय गौर ५ का प्रधानाध्यापक गणेश प्रसाद यादवले भने रगत दान जीवन दान भन्दा शिक्षा दान महादान हो।शिक्षक निरज साहको आमुल्य दान हो ।सरको जति प्रशंसा गरेपनी कम छ यस्तो योगदानलाई सम्बन्धित निकायले जोहो गर्नुपर्ने बताए ।
न्यु दियालो क्लबले यस्तो कार्यक्रम विच सहयोग गरेकोमा धन्यवाद दिदै भने आउदो दिनमा पनि यस्तै कार्यक्रम गरेर अरु दातृ निकायहरुले लुगा कपडा झोला/बेग सहयोग गर्नेछ भने यसै कार्यक्रम मार्फत आग्रह गरेको प्र अ यादवले बोलेका थिए ।

यहाँ निशुल्क शिक्षा लिने बालबालिकाहरुलाई बिना ढेउवाको नामांकण गर्छु बिना झन्झटको मात्र जन्म दर्ता लिई स्कुलमा आउनुपर्ने हुन्छ,बाकी मेरो काम रहेको उनले बताए।मात्र जन्म दर्ता लिई नामांकण गर्ने घोषणा गर्दै जति पढेपनी प्रमाणपत्रको आवश्यकता पर्नेहुदा सो व्यवस्था मिलाइनेछ साथै पढाइ पनि दिने व्यवस्था छ ।
श्री बालमन्दिर आधारभुत विद्यालय गौर ५ मा प्रधानाध्यापकको रुपमा गणेश प्रसाद यादव आएदेखी नै एक अभियान चलाइरहेको जुन नतिम बालबालिका (जसको आमाबुबा छैन)लाई प्रती महिनाको तलबको २%बराबर रकम दिने गरेको छु उनले बताए ।
समाजसेवी शिक्षक निरज साहले सम्मान कार्यक्रम राख्नुको मुख्य उदेश्य विगत २३ वर्ष देखि निरन्तर निशुल्क ट्युसन चलिरहेको ,निशुल्क ट्युसन शिक्षाको अनुयायी बनौं ,सबैको शिक्षामा पहुच होस,बालबालिकाहरुलाई निशुल्क शिक्षा निरंतरता दिन शैक्षिक स्टेशनरीको अभाव,पठनपाठनको लागि बस्ने व्यवस्थित ठाउँ ,बालबालिकाहरुको शारीरिक एवं शैक्षिक विकास सर्वेक्षण लगायत रहेको थियो । सम्मान कार्यक्रम हुने बारे सामाजसेवी शिक्षक निरज साहले आफ्नो फेसबूकबाट सुचना सम्प्रेषण गर्दा न्यु दियालो युथ क्लबका अध्यक्ष बिक्रम यादव लगयतका टीमले निशुल्क ट्युसनलाई अवलोकन गरि सहयोगको घोषणा गरेका थिए ।

यात्रा शिक्षामा निरज साह सरको बि. स. २०५६ साल देखि समान्य विपन्न वर्ग परिवारका स-साना बच्चाहरुलाई निशुल्क रूपमा शिक्षा प्रदान गर्दै आएको नीरज कुमार साह बाट नीरज सर को यात्रा निकै लामो कथा छ ।
रौतहटको सदरमुकाम गौरकै मध्यम बर्ग परिवारमा जेष्ठ छोराको रूपमा बि. स. २०३९/१०/२२ गते जन्मे का नीरज सरले दुई दशक भन्दा लामो समय देखि स-साना भाई बहिनीहरुलाई निशुल्क शिक्षा दिदै आउनु भएको छ । शिक्षा मा सबैको सम्मान पहुच होस भनी चाहना राख्ने वहाँको सपना रहेको उनले बताएका छन् , बि एड सम्मका अध्ययन गरेका नीरज कुमार साहको पुर्ख्यौली घर भने गौर नगरपालिका वर्डा नम्बर १ मा रहेको थियो । शिक्षा क्षेत्रमा रौतहट जिल्ला शैक्षिक स्तरको रूप ७७ औ स्थानमा छ । नीरज सर जस्ता समाज मा अभियन्ता हरेक पालिकामा रहे भने यो जिल्ला को शैक्षिक गुणस्तरमा सुधार आउने निश्चित छ । आज नयाँ दियालो युथ कल्ब ले आयोजना गरेको एक समाहरो मा निरज सर लाई सम्मान का साथ १५० जना बिद्यार्थी लाई पुग्ने शैक्षिक समाग्री कल्ब का अध्यक्ष बिक्रम यादव ले हस्तान्तरण गर्नु भएको छ । यो भन्दा पहिले कसै ले शिक्षा को अभियान मा यसरी सहयोग नगरेको मा सो कल्ब ले सहयोग गरेको प्रती आभर प्रकट गरेका छन ।
गौर नगरपालिका कार्यालय रौतहटको छेउमा रहेको गौर राइस मिल भवनको बराण्डामा शितलहर भएपनी ट्युसन पढिरहने बालबालिकाहरुको लागि चिसो छल्न दाउरा पनि दिएन,वर्षायाम पनि छाप्रो चुइ रहने तर हेर्न पनि आएन नगरपालिका ।यस्तै मधेश प्रदेश सरकार तथा केन्द्र सरकार लगायत रौतहट क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य एवं नेकपा एस अध्यक्ष पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले मौनता देखाएको जानकारहरु बताउछन् ।
सघियता आएपछी सिंहदरबार गाउँ गाउँमा जाने गरेको सरकारको संविधानमा तथा नेताहरुको भाषणमा मात्र सिमित रहेको छ।स्थानीय सरकार बने निरीह ,बिजोगमा निशुल्क शिक्षा (ट्युसन लिने )विद्यार्थीहरु।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here