रौतहट २७ असार ।। हामी के खोज्दै छौ ?

लुकेर अँध्यारोमा प्रकाश खोज्दै छौ ।
फोनमा झुटो बोलेर बिश्वास खोज्दै छौ ।।

दिन भरी बसी समाजीक सन्जालमा,फेरी ज्ञान खोज्दै छौ ।
कुरा गर्छौ बेर सम्म एकलै,फेरी संसार खोज्दै छौ ।।

पैसाको तनावमा आफु गर्छौ गाली, फेरी शिष्टाचार खोज्दै छौ ।
दिएर केटा केटिको हातमा मोबाइल , फेरी संस्कार खोज्दै छौ ।।

बोलेर झुट आफुलाई ज्ञानी ठानी , फेरी रित खोज्दै छौ ।
आफुलाई ठुला बाकी लाई साना , फेरी प्रित खोज्दै छौ ।।

बिर्से र पुर्खाको बानी व्यवहार , फेरी न्या गीत खोज्दै छौ ।
याद छैन भाषा संस्कृति , फेरी न्या संगीत खोज्दै छौ ।।

हनुमत कुमार यादव
                                                                                   राजदेवी – ७ रौतहट, नेपाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here