सर्लाही २७ असार ।। लागूऔषध सहित सर्लाहीबाट दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको कोडैना गाउँपालिका २ बस्ने २८ वर्षीय रितेश कुमार यादव र लालबन्दी नगरपालिका २ बस्ने ३४ वर्षीय रोशन भन्ने बिजय कुमार घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सोमबार करिब सावा तीन बजेको समयमा लालबन्दी १ नवलपुर चोक स्थित मलंगवाबाट नवलपुर तर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकललाई बिशेष सूचनाको आधारमा रोकी चेक जाँच गर्दा तरकारी बोक्ने नाईलनको झोलामा गम्छाले बेरी मोटरसाइकलको लेगार्डमा झुन्ड्याएको अबस्थामा नाइट्राभेट १५०० चक्की सहित यादवलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले बताए ।

यादवलाई कार्यालयमा लगेर सोधपुछ गर्दा सोही कार्यमा संग्लन रहेका घिमिरेको घरमा लागूऔषध राखेको भनेपछि घरमा गई खानतलासी गर्दा डाइलेक्स डिईको ९० बोतल बरामद गरेको उनले बताए ।

दुबैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here