सर्लाही २१ असार ।। सर्लाहीमा लागूऔषधसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको हरिपुर नगरपालिका १० का ४१ वर्षीय मनोज कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सोमबार राति साढे ८ बजेको समयमा मलंगवा नगरपालिका १० झिमपुल स्थितमा प्रहरीको गस्ती टोलीले भारतीय नम्बर प्लेटको मोटरसाइकल चेक जाँच गर्दा साहलाई कोरेक्स ५८ बोट्लसहित नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here