प्युठान २१ असार  ।। चट्याङ लागेर एउटै पालिकामा दुईजना बालकको मृत्यु भएको छ । अन्य ९ जना घाइते भएका छन् । प्युठानको ऐरावती गाउँपालिका ६ बिजुलीकोटमा चट्याङ लागेर स्थानीय ७ वर्षीय रोमन परियार र १२ वर्षीय किरण परियारको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाका अनुसार सोमबार राति परेको चट्याङ लागेर घाइते भएका दुवै जनाको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो ।

चट्याङ लागेर ऐरावतीको वडा नं.६ का ५ जना र वडा नं१ दाङवाङका ४ जना गरी ९ जना घाइते भएको समेत थापाले जानकारी दिए ।

घाइते मध्ये दाङबाङकी ७० वर्षीया पोवी नेपालीको अवस्था गम्भीर रहेको र घाइते सबैको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here