धनुषा ०८ असार ।। धनुषाका एक नायव सुब्बाले स्रोत नखुलेको साढे २ करोड कमाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको । बुधवार जिल्ला प्रशासन कार्यालय धनुषाका तत्कालीन नायव सुब्बा गणपति झाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ ।

आयोगले २ करोड ४४ लाख ७१ हजार १०५ रूपैयाँ बिगो कायम गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । झा २०३९ मंसिर ९ गते गाविस सचिव पदबाट सार्वजनिक सेवामा प्रवेश गरेर २०७८ साउन महिनामा अवकाश पाएका थिए ।

आयोगका अनुसार २०३९/४० देखि २०७७/७८ सम्मको समग्र आयव्यय हेर्दा २ करोड ४२ लाख ६७ हजार १०४ रूपैयाँ देखिएको छ । तर व्ययतर्फ जग्गा खरिद, ऋणको सावाँब्याज, गाडीहरू, घर, अध्ययन खर्चलगायत गरेर ४ करोड ८७ लाख ३८ हजार २१० रूपैयाँ हुन आएको छ ।

अख्तियारका अनुसार २ करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँको भने स्रोत खुलेको छैन । आयोगले झाले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति पत्नी मीनादेवी र छोराहरूको नाममा राखेको देखिएको जनाएको छ ।

झाका पत्नी मीनादेवी, छोराहरू दिवाकर, शिवाकर र करुणाकरलाई समेत प्रतिवादी बनाएर आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here