रौतहट १६ जेठ ।। आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । मुस्ताङको धौलागिरी हिमश्रृङ्खलाको तल्लो भागमा विमान दुर्घटना भएर टुक्रा टुक्रा भएको अवस्थामा भेटिएको हो ।

दुर्घटनाग्रस्त क्षेत्रको तस्बीर सार्वजनिक भएको छ । विमान १९ यात्रु र चालक दलसहित २२ जना सवार थिए । उनीहरु सबैको मृत्यु भएको छ । यसको आधिकारिक पुष्टि हुन बाँकी रहेको छ ।

विमान दुर्घटनामा मृत्यु भएका मध्ये ७ जना धनुषा जिल्लाको एउटै परिवारका रहेका छन् । मिथिला नगरपालिका वडा नं. ११ तुल्सी पाटोका एकै परिवारका ७ जना मुक्तिनाथ दर्शनको लागि विमान चढेर जोमसोम जाँदै थिए ।

धनुषाका मृत्यु हुनेमा तुल्सीपाटो लोटेका स्थानीय राजन कुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेका छन् ।

पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको सो विमान आइतबार बिहान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here