रौतहट १६ जेठ ।। रौतहट लगायत देशभर कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि देशभर एकैसाथ परीक्षा सुरु भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। आजदेखि सुरु भएको परीक्षा यही जेठ २५ गतेसम्म चल्ने छ । परीक्षामा करिब चार लाख १५ परीक्षार्थी सहभागी भएको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए । देशभरका एक हजार २९२ केन्द्रमा परीक्षा भइरहेको छ ।

७७ जिल्लाका सबै केन्द्रमा परीक्षा सुरू हुनुभन्दा आधा घण्टा अगाडि अनलाइनबाट प्रश्नपत्र पठाइनेछ । परीक्षा केन्द्रले प्रश्नपत्र फोटोकपी गरेर परीक्षार्थीलाई वितरण गर्नेछ । विगत दुई वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालय होम सेन्टरमा परीक्षा सञ्चालन गर्दा अनलाइनबाटै प्रश्नपत्र पठाउने व्यवस्था गरेपछि यस वर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाउने व्यवस्था गरिएको हो ।

तीन घण्टा सञ्चालन हुने परीक्षालाई शान्तिपूर्ण, मर्यादित, व्यवस्थितरूपमा सम्पन्न गर्न बोर्डका अध्यक्ष डा शर्माले सबै सरोकारवाला निकाय तथा आमनागरिकमा आह्वान गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here