रौतहट १० असोज । रौतहटको राजदेवी नगरपालिका वडा नं ९ ब्रहम्पुरी स्थित बागमती नदीमा माछा मार्न गएको सोही गाउँका ४ जना बालक माध्य एक जनाको डुबेर मृत्यु भएको छ । ४ जना बालक हरू नदीमा नुहाई रहेको क्रममा नदीमा डुब्दा २ जनाको जीवित उद्दार भएको छ । डुबेर एक जनाको मृत्यु भएको छन भने एक जना बालक अझै बेपता रहेको छ ।

मृत्यु हुनेमा जितन महाराको १० बर्षको छोरा रहेको प्रहरीले जनाएको छ । वेपत्ता हुनेमा जगु पासवानको ९ बर्षको छोरा रहेको स्थानीय समाजसेवी नबिन सिंहले प्रहरीलाई उदृत गर्दै तराईसन्देश अनलाईनलाइ जानकारी दिएको छ ।

मृतक बालकको शवलाई पोस्ट म्यार्टमको लागि जिल्ला अस्पताल गौरमा ल्याइएको छ ।बेपता रहेको बालकको खोजि कार्य जारि रहेको प्रहरीले जनाएको छ । घटनाको ठप्प विवरण अझै आउँन बाकि रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here