वीरगञ्ज, २६ चैत ।। पर्सा जिल्लाको वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका नेशनल मेडिकल कलेजका अध्यक्ष डा. जैनुदिन अन्सारीका छोरा प्रबन्धक निर्देशक शहनवाज हुसेन अन्सारी र ल्याब प्रमुख सन्जय साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मेडिकल कलेजको ल्याब र फार्मेसीमा म्याद गुज्रिएको औषधी र केमिकल फेला परेपछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको हो । दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले जानकारी दिए ।

सोमबार दिउँसो वीरगन्ज महानगरपालिकाको बजार अनुगमन समितिले मेडिकल कलेजको ल्याब र फार्मेसीमा छापा मारेको थियो । त्यसक्रममा ल्याबमा बिरामीको उपचारमा प्रयोग भइरहेकै अवस्थामा म्याज गुज्रिएका केमिल र फार्मेसीमापनि म्याद गुज्रिएका औषधी भेटिएको अनुगमन समितिका सदस्य तथा महानगरका कार्यापालिका सदस्य कन्हैया ठाकुरले बताए । अनुगमन टोलीमा पर्साका प्रहरी उपरक्षिक कुमोध ढुंगेलपनि सहभागी थिए ।

मेडिकल कलेजको ल्याब र फार्मेसीमा गरी म्याज गुज्रिएका ४० भन्द्या बढी प्रकारका केमिकल र औषधी बरामद गरिएको पटेलले जानकारी दिए । उनले भने,‘ ल्याबमा बिरामीको रगत परिक्षणमा प्रयोग गरिने केमिकलहरु म्याद गु्ज्रिएको भेटियो ।

फ्रिजमा राखिएका केमिकलपनि म्याज गुज्रिएको भेटियो । सन् २०२१ फेब्रुअरीमै डेट एक्स्पायर भएका केमिकलहरु भेटिए । यस्तै फार्मेसीमा पनि विभिन्न प्रकारका औषधीहरु डेट एक्स्पायर भएको फेला परर्यो ।

ल्याब र फार्मेसीमा म्याज गुज्रिएका केमिकल र औषधी फेलापरेपछि अनुगमन टोलीमा सहभागी रहेका प्रहरी उपरक्षिक ढुंगेलले प्रबन्ध निर्देशक अन्सारी र ल्याब प्रमुख साह दुवैलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगेको ठाकुरले जानकारी दिए ।

यता पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरक्षिक न्यौपानेले पनि अन्सारी र साहलाई प्रहरीले नियन्त्रणमा लिएको पुष्टि गरे । उनले भने,‘ ल्याब र फार्मेसीमा म्याद गुज्रिएका केमिकल र औषधी भेटिएपछि दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । म्याद गुज्रिएका केमिकल र औषधीपनि प्रहरीले नियन्त्रणमा लिएको छ । ’यस बारेमा थप अनुसन्धान भइरहेकोपनि उनले बताए ।

मेडिकल कलेजमा सोमबार छापा मार्न गएको महानगरको अनुगमन टोलीमा प्रहरी उपरक्षिक ढुंगेलसंगै वीरगञ्ज उद्योग वाणिज्य संघका सचिव मनोज दास, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधी ब्रम्हदेव यादव, घरेलु तथा साना उद्योग कार्यालय पर्साका सन्जय महतो, औषधी व्यवस्था विभाग, महानगरको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी लगायतकोपनि सहभागीता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here