काठमाण्डाै, २५ मंसिर ।। एसीसी-१९ वर्षमुनिको एसिया कप क्रिकेटमा आज दुई खेल हुँदैछन् । दुबईमा बिहान सवा ११ बजे हुने खेलमा घरेलु टोली यूएई र श्रीलङ्का तथा बङ्लादेश र जापान खेल्नेछन् ।

हिजोको खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले र भारत पाकिस्तानसँग ८ विकेटले पराजित भएको थियो । प्रतियोगितामा भोलि नेपालले भारतसँग खेल्ने छ । प्रतियोगिताको फाइनल खेल आउँदो पुस १ गते हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here