पुस १३ रौतहट ।। हनुमत कु. यादव ।। रौतहटमा भारतीय नम्बरको स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा तिन जना गम्भीर घाइते भएका छन् ।जिल्लाको गरुडा न.पा.वडा न.१ जयनगर स्थित गौर च-पुर सडक खण्डमा गौर वाट जयनगर तर्फ आउदै गरेको बि आर ०५ पि ए ६९५३ गरुडा नगरपालिका–१ स्थित जयनगर सडक खण्डमा दुर्घटना भएको हो ।
नम्बरको स्कारपियो नरकटियावाट गमहरीयामा जन्ती जादै गरेको अवस्थामा जिल्ला रौतहट गरुडा न.पा.वडा न.१ जयनगर स्थितमा आफई आनियन्त्रीत भई बाटोको साईडमा रहेको खाल्टो वाट १५/२० फिट वाँया साईडको तल खेतमा पलटिन गाई दुर्घटना हुँदा उक्त गाडीमा सवार रहेको ९ जनामध्ये पाँच जनाको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र चार जनाको उपचार भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।
दुर्घटनामापरी उपचारको लागी निम्न हस्पिटल हरुमा मृत्यु भऐको र घाईतेहरुको निम्न हस्पिटल हरुमा उपचार भई रहेको प्रहरीले बताएको छ । जिल्ला रौतहट गढीमाई न.पा.वडा न.३ बस्ने गम्हरीया टोल बस्ने शेख मन्जुर को छोरा बर्ष १६ को शेख नैसाद,साबिदको छोरा बर्ष २२ को शेख सैनुल्लाह गरुडा स्थित हेल्थ ल्याण्ड हस्पिटलमा, बर्ष ५५ को डा.मेसाफिर अन्सारीको गरेण्डी हस्पटिलमा मृत्यु भएको , शेख जाफलको छोरा बर्ष २५को शेख छोटुको गरेण्डी हस्पटिलमा मृत्यु भएको मृतक शारीर हस्पटिलमा रहेको । नाम थर वतन नखुलेको अ.बर्ष ४०/४५को पुरुष ब्यक्ती सुकदेवचौक स्थित शिव दर्शन हस्पिटलमा उपचारको क्रम्मा मृत्यु भऐको लास हस्पिटलमा राखिएको प्रहरीले बताएका छन ।
जिल्ला रौतहट गढीमाई न.पा.वडा न.३ बस्ने गम्हरीया टोल बस्ने बर्ष १५ को शेख अजिबुल्लाह टाउँको,शरिर भित्री चोट अवस्था गम्भिर रहेको समान्य उपचार पछि थप उपचारको लागी बिरगंज तर्फ पठाईएको । उपचारको लागी बिरगंज तर्फ लादै गरेको क्रम्मा अ.१८;१५ वजेको समयमा बाटोमा मृत्यु भएको प्रहरीले बताएका छन ।
घाईतेमा जिल्ला रौतहट गढीमाई न.पा.वडा न.३ बस्ने शेख मोनाजिरको छोरा बर्ष १६को शेख अलफाज टाउँको,शरिर भित्री चोट अवस्था गम्भिर रहेको समान्य उपचार पछि थप उपचारको लागी बिरगंज तर्फ पठाईएको । बर्ष १५ को शेख अमानत टाउँको,शरिर भित्री चोट अवस्था गम्भिर रहेको उपचार गरेण्डी हस्पिटलमा भई रहेको । शेख आमुल्लाहको छोरा बर्ष १७ को शेख करिमुल्लाह लागी गरुडा स्थित गरेण्डी हस्पिटलमा उपचार भई रहेको जानकारी गराएका छन् ।