रौतहट, २० असोज ।। जिल्ला प्रहरी कार्यालय रौतहट गौर द्वरा पक्राउ गरिएको ५६० लिटर अबैध घरेलु मदिरा नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतबाट खटिएको प्रहरी टोलीले विभिन्न मिति र समयमा पक्राउ गरिएको अबैध घरेलु मदिरा तथा कच्चा पदार्थ नष्ट गरिएको छ ।

जिल्लाको परोहा न.पा.वडा नं.५, राजपुर न.पा.५, मौलापुर न.पा.९ स्थितमा अवैध रुपमा संचालन रहेको घरेलु मदिरा उत्पादन गर्ने ८ वटा भट्टीहरु तथा तयारी मदिरा ५६० लिटर र मदिरा बनाउने कच्चा पदार्थ ३२०० लिटर समेत नियन्त्रणमा लिई स्थानिय भद्रभलादमी संचारकर्मीहरुको रोहवरमा नष्ट गरीएको छ ।

साथै मदिरा उत्पादन गर्ने मेसिन ६ थान भाडाबर्तन ११ थान तथा ड्रमहरु १० थान समेत बरामद गरीएको थियो । साथै हिन्दु समाजका महान चाड पर्व नजिकिदै गरेको अवसर पारी जिल्लाको बिभिन्न स्थानमा मदिरा भट्टी संचालनमा रहेको मदिरा भट्टीहरु नष्ट गर्नको लागी यस कार्यालय तथा मातहत समेतबाट विशेष प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यलय गौर रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here