रौतहट २२ चैत ।। नेपाली काँग्रेस घर घर जाऔं काँग्रेसले जिताउ अभियान अन्तर्गत आज यमुनामाई गाउँपालिकाको वडा नं ४ सरूअठा टोलमा भेला सम्पन्न भएको छ । जिल्लामा अभियानको लागि केन्द्रबाट खटाईएका प्रतिनिधि केन्द्रीय सदस्य कल्याण गुरूङ भेलाका प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि गुरूङले कार्यक्रममा सम्बोधन गर्दै नेपाली काँग्रेसले एकजुट भएर जानु पर्ने कुरा उल्लेख गर्दै घर घरमा पुगेर एमसीसि बारेको भ्रम चिर्नका लागि खटिनु पर्ने बताउनु भयो ।

त्यस्तै बिशिस्ट अतिथि मधेश प्रदेश सभापति कृष्ण प्रसाद यादवले पार्टीले गरेका असल अभ्यासका बारे मतदाताको घर दैलोमा गएर बुझाउनु पर्ने बताउनु भयो । देशको अर्थतन्त्र पुरै लुटिएको कम्युनिस्टहरूबाट देश बचाउन यसपालि स्थानीय देखि केन्द्र सम्ममा प्रचण्ड बहुत नेपाली काँग्रेसलाई दिन जनतासँग आग्रह गरे । एकल शासन गर्न खोज्ने कम्युनिस्टहरू आजको दिनमा जनताको मत अधिकारको दुरुपयोग गर्न लागेको र देश अन्धकार तिर धकेल्ने जुन खेल सुरु गरेको थियो त्यसको बिरोधमा काँग्रेस अगाडि बढेर बचाई सदन र सडक दुबैमा खुल्याम बहस गरिरहेको यादवले जिकिर गरे ।

बिशिस्ट अतिथिको रूपमा नवनिर्वाचित जिल्ला सभापति सुनिल कुमार यादवले कार्यकताहरू इमान्दारीतापूर्वक पार्टीले दिएको कार्यदिशामा अगाडी बढनुपर्छ । पार्टी मजबुत भए मात्र नेता कार्यकर्ता कहि कतै बोल्नु पर्ने ठाउँ पाउन सक्छ , घर वा पार्टी भनेको एउटै हो यसमा कहर गरेर होइन, एक ढिक्का सबैले दुखसुख सहेर चल्नुपर्छ । यसपालिको पालिकाहरूको चुनावमा कार्यकर्ताहरूले पार्टीको निति नियमलाई आत समर्थन गरि पुरै मुटु देखि जन स्तरमा मेहनत गर्न सक्यौं भने रौतहटको १८ पालिका मध्ये १४ वटामा काँग्रेसको विजयी अनिवार्य हुनेछ भने यादवले बताए ।

यसैबीच धेरै अन्य पार्टीका नेता, कार्यकर्ताहरू पार्टी प्रतियाग गरि काँग्रेसमा प्रवेश समेत गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here