बीरगंज २४ साउन ।। राष्ट्र र धर्म रक्षाका लागी कार्य गर्दै आउनु भएका हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोषानंद जी महराज लाई सोमवार २३ गतेका दिन एक कार्यक्रमका बीच प्रिंसटन मोडेल एकेडमी बीरगंजले कदर-पत्र सहीत सम्मान र अभिनन्दन गरेको छ । बीरगंजको माटोमा जन्म लिनू भएका महराज नेपालीहरुको पहिचान पुनः स्थापित गराउन सामाजिक र धार्मिक कार्य गरी लाखौ नेपाली समाज लाई जोड़न सफल हुनु भएको छ ।
पत्रकारिता क्षेत्र बाट कलम चलाई सामाजिक संस्थाको माध्यमले आर्थिक रुपमा गरीब र पिछडीएको समुदायका लागी कार्य गरी सकेका महाराज आज युवाहरुको प्रेणनाको रुपमा स्थापित हुन सफल भएका छन । विश्व भरिका हिन्दूहरुको पबित्र एवं प्रमुख संस्था अखिल भारतीय संत समितिले समेत महाराज लाई नेपालको राष्ट्रीय अध्यक्षमा चयन गरेको छ ।
अखण्ड राष्ट्र र नेपालीको पहिचानका निमित्त कार्य गर्दै आउनु भएका संतोषानंद जी महाराजको लक्ष्य पूरा होस भनी ईस्वर संग प्रिंसटन मोडेल एकेडमी परिवार कामना गर्दछ र उहाँको सु-स्वास्थ्य र प्रगतीको कामना गर्दछौं कलेजका प्रिंसिपल एवं कार्यकारी निर्देशक बिनोद यादवले भने ।
कार्यक्रममा प्रिंसटन मोडेल एकेडमीका निर्देशक हरेन्द्र कुशवाहा,हिन्दू परिषद नेपालका केन्द्रिय प्रबक्ता सुरेश साह कानू, केन्द्रिय सदस्यहरु लालबाबु प्रसाद कुर्मी, संजय अग्रवाल, अधिवक्ता बिनोद कुर्मी, सल्लहकार बाँकेबिहारी प्रसाद,पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेल,बीरगंज नगर अध्यक्ष प्रमोद सिंह सहित कलेजका शिक्षक एवं बिद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रम शिक्षक राहुल यादवले संचालन गरेका थिए ।