काठमाडौं ०२ असार ।। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले ठुलो परिणामको लागुऔषधसहित सात जना विदेशी महिलालाई पक्राउ गरेको छ।

एक अर्ब २ करोड रुपैयाँ बराबरको लागुऔषध हेरोइनसहित दक्षिण अफ्रिकी नागरिकहरु सात जनालाई प्रहरीले पक्राउ गरी बिहीबार  सार्वजनिक गरेको हो । नेपालबाट भारत हुँदै तेस्रो देश सम्म लैजान त्रिभुवन विमानस्थलबाट ल्याइएको हो ।
प्रहरीले गत जेठ २६ गतेदेखि ३१ गतेसम्म एक साताको अवधिभित्र ५१ किलो हेरोइन बरामद गरेको जनाइएको छ ।

आज पत्रकार सम्मेलन गरी प्रहरीले लागुऔषधको पुर्ण विवरणको बारेमा जानकारी दिएको हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here