काठमाडौं, १२ असोज ।। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार अपराधीको संरक्षकको रुपमा देखापरेको आरोप लगाएका छन् । उनले प्रचण्ड नेतृत्वको सरकार रहनु भनेको देशका लागि नै दुर्भाग्य भएको कडा टिप्पणी गरे । ओलीले सरकारको विकल्प खोज्ने बेला भएको संकेत गरेपनि कांग्रेसको कारण त्यो पनि सम्भावना नदेखिएको बताए ।

अध्यक्ष ओलीले एमाले सरकारमा जान नचाहेको पनि स्पष्ट पारे । उनले भने,‘हामी आफैं जान चाहिरहेका छैनौं । यो सरकार हटाउने हो भने अर्को उपयुक्त विकल्प हुने स्थिति देखिनँ ।

ओलीले पछिल्लोपटक कांग्रेस नेतृत्वको कार्यशैलीको पनि आलोचना गर्ने गरेका छन् । प्रचण्ड नेतृत्वको सरकारको विकल्प खोज्ने विषयमा कांग्रेस गम्भीर नभएको उनको संकेत छ । उनले थपे,‘कांग्रेस कुन संसारमा छ भन्ने नै थाहा छैन । देशको अवस्थाप्रतिको गम्भीरता केही देखिन्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here