काठमाडौं, १८ भदौ ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तराष्ट्रिय प्रतिवद्धता, सर्वोच्च अदालतको आदेश र पीडितलाई न्याय हुनेगरी शान्तिप्रक्रियाका बाँकी कामलाई टुंगोमा पुराउन सरकार प्रतिवद्ध रहेको बताए ।

सोमबार काठमाडौंमा आयोजित नेपालमा संक्रमणकालीन न्यायसम्बन्धी कार्यक्रममा प्रधानमन्त्री दाहालले पीडितहरूलाई परिपूर्ति प्रदान गर्न र गम्भीर मानवअधिकार उल्लघनका दोषीहरूलाई न्यायको कठघरामा ल्याउन सङ्क्रमणकालीन न्याय सम्बन्धी प्रक्रियालाई टुंगोमा पुराउन सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।

नयाँ संविधान आफैमा शान्ति सम्झौताको उपज भएको भन्दै प्रधानमन्त्री प्रचण्डले संविधानमा उल्लेख संवैधानिक प्रतिबद्धता जनआन्दोलन र जनयुद्धका कारण मात्र सम्भव भएको बताए । पीडितलगायत सम्बन्धित सरोकारवालासँग परामर्श गरी संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई समयसापेक्ष अघि बढाएको र संसदीय समितिबाट नै यसमा देखिएका जटिलताहरू समाधान हुने उनले दावी गरे ।

त्यस्तै,प्रधानमन्त्री प्रचण्डले सबै पक्षलाई न्याय दिँदै संक्रमणकालीन न्यायसँग सम्बन्धीत विषयलाई निष्कर्षमा पुराउन पीडित, नागरिक समाज, राजनीतिक दल र अन्तर्राष्ट्रिय समुदायलगायत समाजका सबै क्षेत्रबाट बलियो सहयोग आवश्यक रहेको धारणा राखे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here