पोखरा, ०८ असोज ।। मणिपाल शिक्षण अस्पताल पोखराका चिकित्सक अनिल शाहमाथि सोमबार दिउँसो हातपात भएको छ । बिरामीको मृत्युको विषयलाई लिएर विवाद भएपछि डा.शाहमाथि कुटपिट भएको हो ।

उनीमाथि कुटपिट गरेको आरोपमा कास्की प्रहरीले पोखरा ५ मालेपाटनका विनय गुरुङलाई पक्राउ गरेको छ ।

५७ वर्षीया महिलाको उपचारका क्रममा निधन भएपछि उनको आफन्त विरोधमा उत्रिएका थिए । त्यस क्रममा गुरुङले डा. शाहमाथि हातपात गरेको सीसी टीभी फुटेजमा देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here