काठमाडौँ २५ असार ।। राष्ट्रपतिबाट विभुषित भएकी मालपोत कार्यालय ताप्लेजुङमा कार्यरत मालपोत अधिकृत लेखा पनेरु महतविरुद्ध भ्रटाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रवार मालपोत अधिकृत महत उपर १ लाख ५० हजार विगो कायम गरी घुस÷रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी विशेष अदालत काठमाडौँमा आरोप–पत्र दायर गरेको हो ।
जग्गा दर्ता कायम गर्ने सिलसिलामा महतले सेवाग्राहीसँग १ लाख ५० हजार घुस माग गरेको अख्तियारले जनाएको छ । अख्तियारको टोलीले महतलाई घुस वापत सो रकम लिइसकेको अवस्थामा गत वैशाख ११ गते नियन्त्रणमा लिएको थियो ।
महत निजामती सेवामा रहेर नागरिकको हित अभिवृद्धीको लागि गरेको योगदानको उच्च कदर गर्दै राष्ट्रपति विद्यादेबी भण्डारीबाट १ वैशाखमा प्रबल जनसेवाश्री चतुर्थ श्रेणीबाट विभूषित भएकी थिइन् ।