रौतहट, २० भदौ ।। रौतहटका नयाँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठसँग पत्रकारहरूको परिच्यात्मक कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम गौर स्थित जिल्ला प्रहरी कार्यालयमा आज सो कार्यक्रमको आयोजन गरिएको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटमा सरुवा भएर आएका नयाँ प्रहरी उपरीक्षक श्रेष्ठसँग परिच्यात्मक कार्यक्रम तथा प्रहरी सुरक्षासँग सम्बन्धित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटमा रहेको एसपी श्रेष्ठकै कार्यकक्षमा यस जिल्लामा क्रियाशिल रहेका पत्रकारहरुसँग जिल्लाको समसामायिक शान्ती सुरक्षाको वस्तुस्थिती, प्रहरीले अवलम्बन गर्नु पर्ने रणनिती, स्थानिय स्तरमा सुरक्षासँग सम्बन्धित समस्याहरु र समुदायको प्रहरीसँगको अपेक्षाको बारेमा अन्तरक्रिया गरिएको हो ।
उक्त अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले सिमा नाकाको चोरी तस्करी,अपराधिक गतिविधि, अवैध मदिरा विक्री वितरण, प्रहरी यूनिटको इन्चार्ज बदल्ने,कानुन पूर्ण रुपमा पालन गर्नुपर्ने,महिला हिंसा,लागूऔषध तस्करी,प्रहरीलाइ दिएको सूचना चुहावट,प्रहरी कार्यालयमा दलालहरुको हाबि लगायतका गम्भीर प्रश्नहरु उठाएका थिए ।

पत्रकारहरुले उठाएको प्रश्नको जवाफ दिदै रौतहट प्रहरी प्रमुख एसपी श्रेष्ठले जिल्ला प्रहरी कार्यालयमा आउने गरेको विभिन्न किसिमको मुद्धाहरुको बारेमा आफूले गम्भीरता पूर्वक लिएको बताएका छन् । मुद्धाका कुरामा व्यापक सुधार गर्ने बताए । साथै जति पनि विषयहरु एठेका छन् । त्यसलाइ विस्तारै सम्बोधन गर्दै जाने प्रतिबद्धता जनाउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here