एजेन्सी १९ भदौ ।। एशिया कपको सुपर ४ मा पुगेमा भारत र पाकिस्तान फेरि एकपटक आमने सामने हुँदैछन्। दुई टोलीबीचको खेल दुबुई इन्टरनेशनल स्टेडियममा नेपाली समयअनुसार ७:४५ बजेदेखि सुरु हुनेछ। शुक्रबार पाकिस्तानले हङकङलाई पराजित गर्ने बित्तिकै दुई टिमको प्रतिष्पर्धा तय भइसकेको थियो ।

सात पटकको च्याम्पियन भारत पहिलो खेलमा जित हात पार्दै सुपर चारको यात्रालाई सुखद सुरुआत गर्न चाहन्छ । यता, दुई पटकको च्याम्पियन पाकिस्तान पनि जितका साथ सुपर चारको यात्रा सुरुआत गर्न चाहन्छ । भारत र पाकिस्तानबीच पछिल्लो पाँच भेटमा भारत हाबी हुँदै आएको छ ।

पछिल्लो पाँच भेटमा भारत ४ पटक विजयी भएको छ । पछिल्लो पटक यसै एसिया कपको समूह चरणमा दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । जसमा भारतले पाकिस्तानलाई ५ विकेटले हराएको थियो । प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाएका हुन् ।

समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट अफतानिस्तान र श्रीलंका सुपर चारमा पुगेका छन् । सुपर चारमा चारै टोलीले एकअर्काविरुद्ध खेल्ने छन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here