रौतहट, २१ भदौ ।। जिल्ला निर्वाचन कार्यालय गौर रौतहट तथा बौधिमाई नगरपालिकाका लेखापाल अरविन्द कुमार यादव निजामती सेवा सम्मान २०८० बाट सम्मानित भएका छन । निजामती सेवामा प्रवेश गरेदेखी उत्कृष्ट कार्य गरेको भन्दै उनले गरेको उत्कृष्ट कार्यको उच्च मूल्याकंन गर्दै चन्द्रलोक प्रतिस्ठानले लेखापाल यादवलाई निजामती सेवा सम्मान बाट सम्मानित गरेको छ ।

काठमाडौंमा आयोजित निजामती सेवा दिवस २०८० को अवसरमा एक समारोहका बिच लेखापाल यादवलाई प्रतिस्थानले समान गरेको हो ।कार्यक्रमका प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी साहले लेखापाल यादवलाई निजामती सेवा सम्मान-२०८० प्रदान गरेका हुन ।

नेपाल सरकारको निजामती कर्मचारी प्रशासनको माध्यामबाट देशको विकाश र नेपाली नागरिकहरु प्रति समर्पित रहि आफ्नो सेवाकालमा यस्तै पवित्र र उत्कृष्ट कार्यहरुको गर्दै जान मन्त्री साहले यादवलाई सुझाब दिएकी छन । कार्यक्रममा पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी, नेपाल सरकारका पूर्व सचिव, बरिस्ठ साहित्यकार तथा पूर्वमन्त्री शंकरप्रसाद कोइराला लगायत ब्यक्तिको सहभगिता रहेको थियो ।

२०४७ साल भाद्र १६ गते बुवा रामविलाश राय यादव र माता शैल कुमारीको कोखबाट रौतहट जिल्लाको बौधीमाई नगरपालिका वडा नं १ अजगैबी टोलमा जन्मेका यादव २०७३ साल पुष १ गते देखि सह-लेखापालबाट निजामती सेवामा प्रवेश गरेका थिए ।

नेपाल सरकारको विभिन्न निकायहरुमा कार्यरत रहेर सेवा गर्दै हाल जिल्ला निर्वाचन कार्यालय गौर रौतहटमा लेखापाल पदको जिम्मेवारीमा रहेर यादवले पारदर्शी रुपमा नेपाली नागरिक र सरोकारवाला सेवाग्राहीहरुलाई मन, बचन र कर्मले निरन्तर सेवा प्रदान गर्दै आएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here