रौतहट १५ साउन ।। रौतहट जिल्लाको सदरमुकाम रहेको गौर नगरपालिका वडा नं ३ का प्रिंस अन्सारी लाई बिजुली पोलमा बाँधी कुटपिट गरेको आरोपमा एक जना लाई प्रहरले पक्राउ गरेका छन् । न .पा .को वडा नं ३ पोखरीया टोलमा बस्ने अन्दाजी २४ बर्षीय प्रिंस अन्सारी सँग अर्को युवक सजिद, उस्को बुबा, दाई शुक्रबार सामान्य झडप हुदा हिजो आइतबार बीच बाटोमै सामुहिक उपस्थितमा कुटपिट गरि रहेको देखन सकिन्छ । पिडित युवकको ठुला दाईका अनुसार युवकलाई अर्को युवकको आफन्तहरूले बिधुत पोलमा डोरीले बाधेर पशु जस्तो निर्मम कुटपिट गरेको पीडितको दाई अलियास अंसारीले बताएका छन् । अंसारीले जिल्ला प्रहरी कार्यलय रौतहट गौरमा किटानी जाहेरी दिए पछी प्रहरीले एक जना लाई पक्राउ गरेका छन् भन्ने दुइ जना फरार रहेका छन् ।
घरमा कोही सदस्य नरहेको बेला आफू काम विशेषले बिरगंज गएको क्रममा भाईलाई जनावर जस्तो बिधुत पोलमा बाधेर लठ्ठी, प्लास्टिकको पाइप, मुक्का लगायतले कुटपिट वडाअध्यक्षको अगाडि गरिएको उनले बताएका छन् ।
गौर न . पा . वडा न. ३ पोखरिया का वडा अध्यक्ष संग सोध्दा टोलमा भएको झगडा बारे मलाई पहिला देखि केही थाहा नभएको र म बजारबाट घर फर्किदा झगडालाई शान्त गर्न गएको बेला म लाई बदनाम गर्ने नियतले विडियो बनायिएको उनले बताएका छन् । म पुग्ने बितिकै झगडा लाई शान्त गरि झगडा गर्नेहरु लाई प्रहरी प्रशासन समक्ष जिम्मा लगाइसकेको साथै प्रहरी प्रशासनले भएको झगडा ( कुटपिट) बारे छानबिन गरिराखेको वडा न. ३ को वडा अध्यक्ष अन्सारुल अन्सारीको भनाइ रहेको छ । आफ्नै टोलमा भएको झगडालाई मैले शान्त गर्दा पनि केही पत्रकारले मेरो नाम बदनाम गर्ने नियतले मेरो रोहवरमा झगडा भएको कुरालाई भ्रम फैलाएको कुरा वडा अध्यक्ष अन्सारुलले निन्दा गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी उमाशंकर प्रसाद यादवले पिडित पक्षले दिएको उजुरीको आधारमा एक जनालाई पक्राउ गरिएको तथा अन्यको खोजीकार्य भईरहेको तथा सो सम्बन्धी आवश्यक अनुसन्धान प्रहरीले गरिरहेको बताए ।