काठमाडौं १३ असार ।। नवनियुक्त मन्त्रीहरुको शपथग्रहण कार्यक्रम अहिले ११ बजे देखि राष्ट्रपति भवन शीतल निवासमा हुँदै छ । नेकपा (एकीकृत समाजवादी) बाट मन्त्रिपरिषदमा इन्ट्री गरेका नयाँ मन्त्रीको शपथ हुन लागेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा जीवनराम श्रेष्ठ, शहरी विकास मन्त्रीमा मे टमणि चौधरी, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानी खापुङ र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा हीरा केसी नियुक्त भएका हुन् ।

आइतबार साँझ राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद पुनर्गठन भएको जानकारी गराइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here