न्युज १५ साउन ।। मधेश प्रदेशका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । काँग्रेसका सांसद मो. समिम गृह सञ्चार तथा कानुन र जनमतका पार्टीका चन्दन सिंर्ह श्रम तथा यातायात मन्त्रीको रुपमा पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
नव नियुक्त दुबै मन्त्रीले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनियताको शपथ लिएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेसँगै पुर्णतापाएपनि एक मन्त्री विना विभागीय रहेका छन् । सामाजिक विकास मन्त्रीबाट विना विभागीय मन्त्री भएकी सुरीता साहलाई अहिलेपनि विना विभागीय राखिएको छ ।