एजेंशी १५ साउन ।। पाकिस्तानमा एक इस्लामिक राजनीतिक दलले आयोजना गरेको ¥यालीमा भएको विस्फोटमा परेर मृत्यु हुनेको संख्या ४४ पुगेको छ । जमीयत उलेमा–ए–इस्लाम–फज्ल (जेयूआई–एफ) को बैठक बसिरहेको उत्तर–पश्चिम बाजौर जिल्लामा भएको विस्फोटमा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

प्रहरीले बीबीसीलाई दिएको जानकारीअनुसार उक्त विस्फोट आत्मघाती हमला भएको प्रमाण फेला परेको छ । अधिकारीहरूका अनुसार उद्धार कार्य पूरा भएको छ र सबै घाइतेलाई अस्पताल लगिएको छ ।

अधिकारीहरूले १५ जना घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन् ।
आक्रमणको कारण भने खुल्न सकेको छैन। सुरक्षाकर्मीले उक्त क्षेत्रलाई घेराबन्दी गरेका छन् र विस्फोटको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

अफगानिस्तानसँग सीमा जोडिएको खैबर पख्तूनख्वा प्रान्तको पाकिस्तानी आदिवासी जिल्ला बाजौरको खार सहरमा आइतवार आयोजित जेयूआई–एफ कार्यकर्ताहरूको सम्मेलनमा सयौँ मानिस उपस्थित थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here