सप्तरी १५ साउन ।। दिन प्रति दिन डुबेर मृत्यु हुनेको संख्या बढ्दै छ । सप्तरीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । आइतबार दिउँसो सप्तरीको बोदेबर्साईन नगरपालिका ३ बस्ने महादेव साहको पोखरीमा सोही नगरपालिकाको वडा नं. १ धनगढी बस्ने विध्यानन्द साहको ८ की किरन साह र वडा नं. ६ फुलकाही बस्ने धनराज साहको ८ वर्षीया छोरी शिवानी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

भैँसीलाई पोखरीमा नुहाउन जाने क्रम्मा पोखरीमा डुबेर दुवैजनाको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । घटना स्थल सुरक्षित राखिएको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक सिंहले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here