रौतहट १५ साउन ।। रौतहट जिल्लाको राजदेवी नगरपालिकाको नगर प्रमुख भिखारी प्रसाद यादवले वडा न . १ पथरामा दुइ कोठे विधालय भवन र सरस्वती माता मन्दिरको शिलन्यास विधिवत रुपमा पुञ्ज अर्चना गरि गरिएको छ । रास्ट्रपति शिक्षा सुधार अन्तर्गत करिब १८ लाख को लागतमा निर्माणहुने दुइ कोठे विधालय भवनको आज शिलन्यास गरिएको छ ।

श्री माध्यमिक विधालय पथरा मा मधेश प्रदेश सरकारको शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवको‌ प्रमुख अतिथित्य तथा नगर प्रमुख भिखारी प्रसाद यादवको बिषेश अतिथित्यमा र व्यवस्थापन समितिका अध्यक्ष प्रभु राय यादवको अध्यक्षतामा यस विधालयको दुइ कोठे भवन र सरस्वती माता मन्दिरको शिलन्यास कार्यक्रम भब्य रुपमा भएको छ ।

उक्त कार्यक्रममा मधेश प्रदेश सरकारको शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद याद, नगर प्रमुख भिखारी प्रसाद यादव,नगर उपप्रमुख राजकुमारी देवि, जनमत पार्टीको केन्द्रीय सदस्य तथा राजदेवी नगरपालिकाको नगर प्रमुख प्रत्यासी श्री अशोक कुमार सिंह, जनमत पार्टीका केन्द्रीय सदस्य बिकास कुमार यादव,विधालयका शिक्षक शिक्षिका ,समाजसेवी, बिद्यार्थीहरु अभिवावक, शिक्षा प्रेमि ,संचारकर्मी बुद्धिजीवी तथा भर्भाला आदमीहरु समेतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here