काठमाडौं २५ चैत ।। काठमाडौंबाट जनकपुर उडेको बुद्ध एयरको जहाज बिहीबार अवतरण नै नगरी काठमाडौं फर्किएको छ । बिहीबार दिउँसो २ः१० मा काठमाडौंबाट जनकपुर उडान गरेको जहाज बिचबाटो बाटै काठमाडौं फर्किएको हो । एयरहोस्टेजले जहाजको इन्जिनमा केहि प्राविधिक समस्या भएको कारण पुनः काठमाडौं नै फर्किन लागेको भनेपछि यात्रुहरु अतालिएका थिए ।

इन्जिनमा समस्या भएपछि आकाशबाटै फर्किएर काठमाडौंमा अवतरण भएको एक यात्रुले बताए । उनका अनुसार यात्रुहरु आतंकित भएका थिए । काठमाडौंमा जहाज सुरक्षित अवतरण भएको बताइएको छ । यता बुद्ध एयर जनकपुरका प्रमुख विजय सिंहले बाटोमै मौसममा खराबी आएको कारण फर्किएको बताए ।

यात्रीहरुलाई प्राविधिक जानकारीको कमीले इन्जिन खराब भएको विषय भनेको हुन सक्ने उनले बताए । काठमाडौं अवतरण गरेपछि अर्को जहाजले यात्रुलाई फेरि जनकपुर ल्याएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here