काठमाडौं ०७ असार ।। हाललाई जग्गा वर्गिकरण नभएपनि जग्गा धितो राखि ऋण प्रवाह लिन पाउने भएका छन् । सर्वोच्च अदालतको अन्तिरम आदेश बमोजिम हाललाई वर्गिकरण नभएपनि जग्गा धितो राखि ऋण गर्ने, धितो बन्धक पास गर्न सक्ने भएका छन् ।

जग्गा राखेर ऋण दिन प्रवाह गर्न भूमि व्यवस्था तथा अभिलेख विभाग र सबै मालपोतलाई निर्देशन जारीगरि सकेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता एवं सहसचिव जनकराज जोशीले जानकारी दिए ।

सबै मालपोत कार्यालयले यसै निर्देशनको आधारमा काम सूचारु गरिसकेको उनले जानकारी दिए । मन्त्रालयले भू-उपयोग ऐन र नियमावली बमोजिम वर्गिकरण नगरी जग्गा धितो राखेर ऋण प्रवाह नगर्न नगराउन गरेको परिपत्रविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।

सर्वोच्चले हाल जग्गा वर्गिकरण भइनसकेकोले मन्त्रालयको निर्णय तत्काल कार्यान्वनय नगर्नु नगराउन भनि अन्तरिम आदेश दिएको थियो । सर्वोच्चको यही आदेश बमोजिम मन्त्रालयले जग्गा बन्धकी राखि ऋण प्रवाह नरोकिने भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here