सर्लाही, १७ भदौ ।। सर्लाही प्रहरीले भारतबाट लुकिछिपी तस्करी गरी ल्याइएका तीन ट्रक सामग्री सर्लाहीको हरिवनबाट बरामद गरेको छ ।

भारतबाट अवैध रुपमा किराना पसलका सामान ल्याएको सूचना पाएको प्रहरीले हरिवन बजारबाट ना ५ ख ७१८३, ना ५ ख १०८ र प्रदेश–२–०३–००१ ख ७३६६ नम्बरको तीनवटा ट्रक नियन्त्रणमा लिएको हो ।

ट्रकमा लोड गरी ल्याइएका दाल, चिनी, खानेतेल, मैदा, काजु, किसमिसलगायतका किराना पसलका सामान बरामद गरिएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here