राैतहट ०८ साउन ।। राैतहट जिल्लाको सुन चाँदी व्यवसायी संघको अध्यक्ष पदमा अरूण कुमार साेनी निर्विरोध चयन भएका छन् । साताैं साधारणसभा तथा तेस्रो अधिवेशनबाट साेनीको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ । समितिको उपाध्यक्ष्यमा कामेश्वरनाथ साह,मुकेश साह सहित १५ सदस्यीय निर्विरोध रुपमा निर्वाचित भएका छन् ।

शनिबार राैतहटकाे मध्य भाग गरूडा स्थित आशिर्वाद गेष्ट हाउसमा साधारणसभा तथा अधिवेशन बाेलाईएकाे थियाे । संघकाे उदघाटन सत्र दिउँसै सम्पन्न भएको थियाे । अबेर साझ बन्दसत्र सकिएकाे थियाे । साे बन्दसत्र बाट नै नयाँ कार्यसमिति चयन भएको सुनचाँदी व्यवसायी महासंघ मधेस प्रदेश अध्यक्ष रामजी साहले जानकारी गराउनु भएको हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here