काठमाडौं, १२ भदौ ।। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि तोकिएको सजायमा इस्लामावाद उच्च अदालतले रोक लगादिएको छ । तोशाखाना मामिलामा पक्राउ परेका खानलाई जमानतमा रिहा गर्न इस्लामावाद उच्च अदालतले आदेशसमेत दिएको छ ।

यसअघि उनलाई तोशाखाना मामिलामा तीन वर्षको सजाय सुनाइएको थियो । उक्त आदेशससँगै पूर्व प्रधानमन्त्री खान पक्राउ परेका थिए । प्रधानमन्त्री रहेका बेला सरकारी उपहारहरू बेचेको उनीमाथि आरोप छ ।

अदालतले जमानतमा रिहा गरे पनि उनी रिहामुक्त हुने नहुनेबारे केही बताइएको छैन । उनीविरुद्ध अरु मुद्दाहरू पनि रहेकाले तत्काल रिहा हुने सम्भावना नरहेको बीबीसीमा उल्लेख छ ।

उनको पार्टी पाकिस्तान तहरिक-ए-इन्साफले खानमाथि लगाइएको सबै मामिलामा जमानतको माग गर्दै उच्च अदालतमा मुद्दा दायर गरेका छन् । अदालतले यस विषयमा भने सुनुवाई गरेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here