सर्लाही, १२ भदौ ।। सर्लाहीमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दिया घर भएका २८ वर्षीय अशोक चौधरी छन् ।
सर्लाहीको हरिवन नगरपालिका २ अत्रौलीमा भइहेको मोटरेवल पुल निर्माणमा खटिएका चौधरीको हाइटेन्सन लाइनको तार छुँदा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई साथीहरुले तत्कालै उपचारको लागि हरिवनस्थित नमूना अस्पताल पुर्याएका थिए ।
अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ। घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।