जनकपुरधाम, ११ भदौ ।। मधेश सरकारले मुख्यमन्त्री कपको आयोजना गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ का लागि शिक्षा तथा समाज कल्याण मन्त्रालयले उक्त प्रतियोगिताको लागि २० लाख विनियोजन गरेको हो ।

यस्तै, खेलाडीको विमाका लागि २५ लाख छुट्याइएको मधेश प्रदेश सरकारको वार्षिक कार्यक्रम तालिका (रेडबुक) मा उल्लेख छ । यस्तै, प्रदेश स्तरीय खेलकुद प्रतियोगिताबाट उत्कुष्ट ठहरिएका खेलाडीहरुलाई विशेष प्रशिक्षणका लागि ५ लाख छुट्याइएको छ ।

त्यस्तै, प्रथम मधेश प्रदेश स्तरीय खुलकुद प्रतियोगिताका लागि ५० लाख, मागको आधारमा खेलकुद प्रतियोगिताहरुमा सामग्री सहयोग गर्न २० लाख छुट्याइएको रेडबुकमा उल्लेछ ।

यस्तै, रामजानकी बहुउदेश्यीय रंगशालाको डिपिआर तयारी तथा निर्माणका लागि २ करोड छुट्याइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here