काठमाडौं, १४ भदौ ।। स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले एक महिनाभित्रै काज फिर्ताको विषय टुंगिने बताएका छन् । बिहीबार नेपालगञ्‍जको भेरी अस्पतालको निरीक्षण गर्ने क्रममा अस्पताल विकास समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहुँच र भनसुनको भरमा मन्त्रालय र आफू अनुकूल ठाउँमा वर्षौदेखि काजमा बस्नेहरू अब एक महिनाभित्रै आफ्नो दरबन्दीमा जाने दावी गरे ।

उनले कतै चाहिएको भन्दा धेरै स्वास्थ्यकर्मी हुने र कतै स्वास्थ्यकर्मीको अनुहारै नदेखिने स्थिति आएपछि काज फिर्ताको कामलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न लागिएको पनि स्पष्ट पारे । काज फिर्ता हुन थालेपछि चिकित्सकको अनुहार नै नदेखिएका विकटका ठाउँका जनताले चिकित्सकीय सेवा पाउन थालेको समेत स्मरण गराएका थिए ।

संविधानले नै स्वास्थ्यलाई मौलिक हकका रुपमा स्थापित गरिसकेकाले पैसा र उपचार अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सवालमा मन्त्रालय स्पष्ट रहेको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here