रौतहट १८ साउन ।। रौतहटको बौधिमाई नगरपालिका -७ बंकुल बजारमा रहेको चन्द्रज्योती क्रान्ति होस्पिटल प्रालीद्वारा प्रथम वार्षिक उत्सवको अवसरमा एक दिने निशुल्क बृहत विशेषज्ञ शिविर संचालन गरेको हो ।
होस्पिटलको वार्षिकोत्सबको उपलक्ष्यमा यस क्षेत्रका आमजनमानसको स्वास्थ्यलाई ध्यानमा राखि विभिन्न कार्यक्रम संचालन गरि पूर्णरूपमा लाभलिन आमजनतामा सुचित गरि कार्यक्रम लाई भव्यता साथ मनाईएको छ । आज विहान ८ बजे देखि अस्पतालद्वारा आयोजित निशुल्क शिविरमा ५ किसिमका कार्यक्रम गरिएको छ ।
जस्तै आत्महत्या रोकथाम सम्बन्धि अभिमुखिकरण कार्यक्रम , रक्तदान कार्यक्रम, एकदिने निशुल्क विशेषज्ञ शिविर, एक दिनको लागि सम्पूर्ण जांचमा ५०% छुट र एक दिनको लागि डाक्टरले पुर्जामा लेखनु भएको औषधिमा १०% छुट गरिएको चन्द्रज्योति कान्ति होस्पिटल प्रा. लि.का मेडिकल डाइरेक्टर डाक्टर अमरेश कुमार यादवले बताएका छन् ।
उक्त अस्पतालमा डा.महेश कुर्मी ,मेडिसिन सर्जन एकलाख रहमान ,स्त्रीरोग विशेषज्ञ डा.बबिता चौधरी ,फिजिसियन डा.अमेश यादव लगायतका चिकित्सकले शिविरमा आएका ३०० जना विरामीहरुलाई स्वास्थ्य चेकजाँच गरेका छन् । नेपाल रेड क्रोस सोसाइटी गौर, रौतहट शाखा मन्त्री धर्मेन्द्र पटेलले चन्द्रज्योती क्रान्ती होस्पिटल प्रालीलाई प्रसंसा पत्र समेत प्रदान गरेका छन् ।