जनकपुरधाम ९ चैत ।। मंगलबार नेकपा माओवादी केन्द्रले आयोजनाा गरेको मधेश प्रदेश स्तरीय पार्टी प्रशिक्षण कार्यक्रम नेता मातृका प्रसाद यादव नपुगेपछ विभिन्न टिकाटिप्पणी भइरहेको छ । कार्यक्रममा नेता यादव नआएकोप्रति पार्टी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले नै असन्तुष्टि जनाएका थिए ।

यधपी उनी प्रचण्ड जनकपुर आउँदा र जाँदा स्वागत र बिदाई गर्न विमानस्थल पुगेका थिए । कतिपयले उनले कार्यक्र नै बहिस्कार टिप्पणी गरिरहेका छन् । तर यादवले आफूले कार्यक्रम बहिस्कार नगरेको दावी गरेका छन् । उनले आफूलाई केहि जिम्मेबारी नदिँदा कार्यक्रममा सहभागि नभएको प्रतिक्रिया दिए ।

कार्यक्रमको लागि मेरो कुनै भूमिका नै थिएन । ’ उनले भने,‘अरू कुनै कुरा होइन। बहिष्कार गरेको भनेर बुझ्नु हुँदैन। यही पार्टीमा रहने हो । बहिष्कार किन गर्ने ?’ उनले आफू नगएको झिनोमसिनो कुरालाई नम्बराइँदै छ भन्ने जवाफ दिए ।

प्रचण्डजीले नै तपाई नआएको विषयमा असन्तुष्टि जनाउनु भो नि ? प्रश्नमा नेता यादवले भने ,’प्रचण्डजीको पेटमा कुरा पच्दैन । जे मनमा लाग्छ बोलिहाल्नु हुन्छु’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here